Market Closed

रिभर फल्स पावरको आइपीओ भर्नेको संख्या कति पुग्यो ?

17 May,2022
  • ipos_news_5_10_2022_8_02_42.jpg
नेपाली पैसा
 
काठमाडौं : रिभर फल्स पावरको आइपीओमा १ करोड ७५ लाख ९२ हजार ९२० कित्ताका लागि आवेदन परेको छ । सीडीएस एन्ड क्लियरिङ लिमिटेडका अनुसार मंगलबार साँझ ५ः२६ बजेसम्ममा १५ लाख १७ हजार २८ जना सर्वसाधारणले १ अर्ब ७५ करोड ९२ लाख ९२ हजार रुपैयाँ बराबरको आवेदन दिएका हुन् । कम्पनीले सर्वसाधारणका लागि वैशाख २८ गतेदेखि २५ लाख ३८ हजार ९०० कित्ता सेयर जारी गरेको हो । 
 
कुल २७ लाख ३० हजार कित्ता साधारण सेयर निष्कासन गरेकामा ५% अर्थात् १ लाख ३६ हजार ५०० कित्ता सामूहिक लगानी कोष र २% अर्थात् ५४ हजार ६०० कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याएर बाँकी रहेको सेयर सर्वसाधारणका लागि खुला भएको हो । यसमा बुधबार जेठ ४ गतेसम्म आवेदन दिन सकिनेछ ।  लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्ताको लागि आवेदन दिन सक्नेछन् । 
 
लगानीकर्ताले सि–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् । रेटिङ एजेन्सी केयर रेटिङ नेपालले रिभर फल्सको आइपीओलाई ‘कियर एनपी डबल बी माइनस आइएस’ प्रदान गरेको छ । जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको जनाउँछ । यो आइपीओमा प्रभु क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।

Post Your Comment