Market Closed

आरएमडीसी लघुवित्तको नगद लाभांश सेयरधनीको खातामा पुग्न थाल्यो

20 Jan,2022
  • Dividend_12_21_2017_11_02_45_12_17_2020_11_54_27_1_20_2022_11_05_11.jpg
नेपाली पैसा

काठमाडौं : आरएमडीसी लघुवित्त वित्तीय संस्थाले आज बिहीबार (माघ ६ गते) देखि सेयरधनीलाई ५% नगद लाभांश बैंक खातामा पठाउन सुरु गरेको छ । कम्पनीले हालसम्म डिम्याट खाता र बैंक खाता अद्यावधिक गरेका सेयरधनीको खातामा नगद जम्मा गरिदिन सुरु गरेको हो । यस्तै, हालसम्म डिम्याट खाता र बैंक खाता अद्यावधिक नगरेकाहरुलाई भने खाता अद्यावधिक गर्न आग्रह गरेको छ । अनिमात्र नगद लाभांश खातामा जम्मा हुनेछ । 
 
आरएमडीसीको पुस ३० गते बसेको साधारण सभाले आर्थिक वर्ष २०७७–७८ को नाफाबाट २०% बोनस सेयर र ५% नगद लाभांश गरी कुल २५% लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो । त्यसमध्ये नगद लाभांश खातामा पठाउनेक्रम सुरु भएको हो । सेयरधनीले बोनस डिम्याट खातामा पाउन भने अझै केही समय कुर्नुपर्नेछ ।
 

Post Your Comment