Market Closed

सांग्रिला डेभलपमेन्ट बैंकले असार ६ देखि ऋणपत्र बिक्री गर्दै

11 Jun,2021
  • shangrila-development-bank-Lt__8_7_2018_11_40_13_1_29_2021_9_36_06_4_30_2021_11_04_56_6_11_2021_9_31_42.jpg
नेपाली पैसा 

काठमाडौं : सांग्रिला डेभलपमेन्ट बैंकले असार ६ गतेदेखि ७५ करोड रुपैयाँ बराबरको ऋणपत्र बिक्री खुला गर्ने भएको छ । बैंकले प्रतिइकाई १ हजार रुपैयाँको दरमा ७ लाख ५० हजार इकाई ऋणपत्र जारी गर्न लागेको हो । यसमध्ये ३ लाख इकाईमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् । बाँकी ४ लाख ५० हजार इकाई भने बैंकले आफ्नै पहलमा अन्य संघ–संस्थालाई बिक्री गर्नेछ । 
 
यस ऋणपत्रमा वार्षिक ९% ब्याजदर पाइनेछ । बैंकले १० वर्ष अवधिको सांग्रिला डेभलपमेन्ट बैंक डिबेन्चर “२०८७” नाममा ऋणपत्र जारी गर्न लागेको हो । यसमा बिक्री प्रबन्धकको काम एनआइबीएल एस क्यापिटलले गर्नेछ । यो ऋणपत्रमा असार ९ गतेसम्म आवेदन दिन पाइनेछ । उक्त समयसम्म सबै ऋणपत्र बिक्री नभएमा भने असार २० गतेसम्म खुला रहनेछ ।

न्यूनतम २५ इकाईदेखि अधिकतम ३ लाख इकाईसम्म आवेदन दिन सकिनेछ । सांग्रिला डेभलपमेन्ट बैंकलाई इक्रा नेपालले ‘इक्रा एनपी डबल बी प्लस’ रेटिङ दिएको छ । उक्त रेटिङ पाउने कम्पनी वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम मात्रमा सुरक्षित मानिन्छन् । यसमा सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयर सफ्टवेयरमार्फत अनलाइनबाट पनि आवेदन दिन सकिन्छ ।
 

Post Your Comment