Market Closed

सांग्रिला डेभलपमेन्ट बैंकको ऋणपत्रमा आवेदन दिने म्याद थप

23 Jun,2021
  • shangrila-development-bank-Lt__8_7_2018_11_40_13_1_29_2021_9_36_06_4_30_2021_11_04_56.jpg
नेपाली पैसा

काठमाडौं : सांग्रिला डेभलपमेन्ट बैंकले ऋणपत्र बिक्री नभएपछि म्याद थप गरेको छ । पहिलो चरणको निर्धारित समयमा बिक्री नभएपछि समय थपेर असार २० गतेसम्म पुर्याइएको हो । यसअवधिमा ऋणपत्रमा मागभन्दा बढी आवेदन परेपछि जुनसुकै दिन पनि सूचना निकालेर आवेदन दिने म्याद सकिएको जानकारी गराउने बैंकले जनाएको छ ।

बैंकले असार ६ गतेदेखि ७५ करोड रुपैयाँ बराबरको ऋणपत्र बिक्री खुला गरेको छ । बैंकले प्रतिइकाई १ हजार रुपैयाँको दरमा ७ लाख ५० हजार इकाई ऋणपत्र निष्कासन गरेको हो । यसमध्ये ३ लाख इकाईमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् । बाँकी ४ लाख ५० हजार इकाई भने बैंकले आफ्नै पहलमा अन्य संघ–संस्थालाई बिक्री गर्नेछ । 

यस ऋणपत्रमा वार्षिक ९% ब्याजदर पाइनेछ । बैंकले १० वर्ष अवधिको सांग्रिला डेभलपमेन्ट बैंक डिबेन्चर ‘२०८७’ नाममा ऋणपत्र जारी गर्न लागेको हो । यसमा बिक्री प्रबन्धकको काम एनआइबीएल एस क्यापिटलले गर्नेछ । न्यूनतम २५ इकाईदेखि अधिकतम ३ लाख इकाईसम्म आवेदन दिन सकिनेछ । 

सांग्रिला डेभलपमेन्ट बैंकलाई इक्रा नेपालले ‘इक्रा एनपी डबल बी प्लस’ रेटिङ दिएको छ । उक्त रेटिङ पाउने कम्पनी वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम मात्रमा सुरक्षित मानिन्छन् । यसमा सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयर सफ्टवेयरमार्फत अनलाइनबाट पनि आवेदन दिन सकिन्छ ।
 

Post Your Comment