Market Closed

लाभांश प्रस्ताव पारित गर्न सांग्रिला डेभलपमेन्टले बोलायो एजीएम

12 Oct,2021
  • shangrila-development-bank-Lt__8_7_2018_11_40_13_1_29_2021_9_36_06_10_12_2021_11_00_15.jpg
नेपाली पैसा

काठमाडौं : सांग्रिला डेभलपमेन्ट बैंकले कात्तिक १६ गते वार्षिक साधारण सभा बोलाएको छ । बैंकको १७औं वार्षिक साधारण सभा लैनचौर ब्यांक्वेट लैनचौर, काठमाडौंमा बिहान १० बजेदेखि सुरु हुनेछ । बैंकले गत वर्षको नाफाबाट १०.५२% लाभांश वितरण गर्ने प्रस्ताव सभामा लैजानेछ ।बैंकले गत वर्षको नाफाबाट १०% बोनस सेयर र कर प्रयोजनको लागि ०.५२% नगद लाभांश वितरण गर्न लागेको हो ।

साथै, अन्य बैंंक तथा वित्तीय संस्थासँग मर्जर वा एक्विजिसनमा जानु परेमा सम्पूर्ण कामको अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव पनि पेश हुनेछ । सञ्चालक समितिको वार्षिक प्रतिवेदन पनि पेश हुनेछ ।  सभा प्रयोजनको लागि बैंकले कात्तिक ५ गतेदेखि १६ गतेसम्म बुक क्लोज गर्ने भएको छ । तसर्थ, लाभांश र सभामा सहभागि हुन कात्तिक ४ गतेसम्म यस बैंकको सेयर खरिद गर्नुपर्ने हुन्छ ।
 

Post Your Comment