Market Closed

साधना लघुवित्तको लाभांश हात पार्न कहिलेसम्म बन्ने सेयरधनी ?

12 Oct,2021
  • Dividend__10_12_2021_8_08_53.jpg
नेपाली पैसा 
 
काठमाडौं : साधना लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको वार्षिक साधारण सभा कात्तिक १३ गते गर्ने भएको छ । सभामा २६.३२% लाभांश वितरण गर्ने मुख्य प्रस्ताव पेश हुनेछ । कम्पनीले गत आर्थिक वर्षको नाफाबाट २५% बोनस सेयर र १.३२% नगद गरी कुल २६.३२% लाभांश वितरण गर्न लागेको हो । यस्तै, गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान तथा नगद प्रवाह वितरण पनि पेश हुनेछ । 
 
यता, अन्य कुनै लघुवित्त कम्पनीसँग मर्जर वा एक्विजिसनमा जानु परेमा सम्पूर्ण कामको अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव पनि रहेको छ । साधारण सभा प्रयोजनका लागि कात्तिक ३ गतेदेखि १३ गतेसम्म बुक क्लोज हुने भएको छ । कात्तिक २ गतेसम्म कायम रहने सेयरधनी मात्र सभामा भाग लिन र लाभांश पाउन योग्य हुनेछन् । सभा होटल गोरखा बिसौनी, गोरखा नगरपालिका–६ मा बिहान ११ बजे सुरु हुनेछ ।

Post Your Comment