Market Closed

नेपाल एसबीआई बैंकले २० लाख इकाई ऋणपत्र बिक्री गर्न बोर्डसँग माग्यो अनुमति

30 Nov,2022
  • Nepal-SBI-bank-Lt_1_2_8_13_2018_10_44_28_11_1_2021_9_03_47_1_21_2022_3_14_42_4_20_2022_3_15_12.jpg
नेपाली पैसा
 
काठमाडौं : नेपाल एसबीआई बैंकले २० लाख इकाई ऋणपत्र बिक्री गर्न नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको छ । बैंकले प्रतिइकाई १ हजार रुपैयाँको दरले ऋणपत्र बिक्री गर्न अनुमति मागेको हो । कुल २० लाख इकाईमध्ये ८ लाख इकाई ऋणपत्र सर्वसाधारणलाई जारी हुनेछ । बाँकी १२ लाख इकाई भने बैंकले आफ्नै पहलमा अन्य संघसंस्थाहरुलाई बिक्री गर्नेछ । 
 
एसबीआईले १० वर्ष अवधि भएको ‘नेपाल एसबीआई बैंक डिबेन्चर २०८९’ जारी गर्न लागेको हो । यसमा वार्षिक ९.७५% ब्याजदर तोकिएको छ । एसबीआई बैंकको डिबेन्चरमा एनएमबि क्यापिटलले बिक्री प्रबन्धकको काम गर्नेछ ।

Post Your Comment