Market Closed

दुई वाणिज्य बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

25 Nov,2021
  • Dividend__10_6_2021_8_30_01.jpg
नेपाली पैसा

काठमाडौं : बैंक अफ काठमान्डू स्टान्डर्ड चार्टर्ड बैंकको लाभांश सुरक्षित गर्ने आज मंसिर ९ गते बिहीबार अन्तिम दिन हो । दुवै बैंकले साधारण सभा र लभांश प्रयोजनको लागि मंसिर १० गते बुक क्लोज गर्दैछन् । तसर्थ, आजसम्म कायम सेयरधनीले बैंक सञ्चालक समितिले प्रस्ताव गरेको लाभांश पाउने छन् । 

बैंक अफ काठमान्डूले आर्थिक वर्ष २०७७–७८ को नाफाबाट १०% बोनस र कर सहित ४% नगद लाभांश दिने निर्णय गरेको छ । यस बैंकको साधारण सभा मंसिर २९ गते बस्दैछ । स्टान्डर्ड चार्टर्ड बैंकले गत वर्षको नाफाबाट १०% बोनस सेयर र ३.०६% नगद गरी कुल १३.०६% लाभांश वितरण गर्दैछ । यसले मंसिर २८ गते साधारण सभा डाकेको छ ।
 

Post Your Comment