Market Closed

सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्कीम र इक्विटी फन्डको प्रतिफल घोषणा

11 Aug,2022
  • Dividend_2_2_9_21_2020_10_53_27_8_17_2021_12_01_14.jpg
नेपाली पैसा
 
काठमाडौं : सिद्धार्थ क्यापिटलको व्यवस्थापनमा सञ्चालित ‘सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्कीम–२’ र ‘सिद्धार्थ इक्विटी फन्ड’ ले गत आर्थिक वर्षको नाफाबाट लाभांश घोषणा गरेका छन् । क्यापिटलको बुधबार बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०७८–७९ को नाफाबाट इन्भेष्टमेन्ट ग्रोथ स्कीमका इकाईधनीहरुलाई करसहित १०% र इक्विटी फन्डका इकाईधनीहरुलाई करसहित ९% का दरले नगद लाभांश (प्रतिफल) वितरण गर्ने निर्णय गरेको हो । क्यापिटलले लाभांश वितरण प्रयोजनका लागि बुक क्लोज मिति भने तय गर्न बाँकी रहेको छ । 

 
 

Post Your Comment