नेपली पैसा
काठमाडौं : समृद्धि फाइनान्सको लिलामी सेयरमा आवेदन दिने आज (मंसिर १५ गते) अन्तिम दिन हो । आज कार्यालय समयसम्म मात्र यसमा आवेदन दिन सकिनेछ । कम्पनीले मंसिर १ गतेदेखि संस्थापक समूहको ७ लाख ६७ हजार ३६६ कित्ता सेयर लिलामीमा ल्याएको हो । लगानीकर्ताले यसमा न्यूनतम १०० रुपैयाँलाई आधार मानेर प्रतिस्पर्धात्मक बोलपत्रमा सहभागी हुनुपर्नेछ । लिलामीमा न्यूनतम १ सय कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ ।
यो सेयर खरिदका लागि विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले आवेदन दिन सक्नेछन् । यसमा बिक्री प्रबन्धक बिक्री प्रबन्धक बीओके क्यापिटल मार्केटको नक्सालस्थित कार्यालय तथा बैंक अफ काठमान्डूका विराटनगर, विरगन्ज, न्युरोड (पोखरा), बुटवल, नेपालगन्ज, विरेन्द्रनगर र धनगढी शाखाबाट आवेदन पेश गर्न सकिनेछ ।
यस्तै, समृद्धि फाइनान्सको केन्द्रीय कार्यालय हेटौंडा– मकवानपुर र शाखा कार्यालय पुतलीसडक, नारायणगढ, पोखरा, बुटवल, बनेपा, इटहरी र जनकपुरमा आवेदन पेश गर्न सकिनेछ ।