Market Closed

महामारीले सूचीकृत होटलहरुको व्यवसायमा कस्तो पर्यो प्रभाव ? हेर्नुहोस् तथ्यांक

01 Jun,2021
  • profit_loss_img_6_1_2021_8_02_04.jpg
नेपाली पैसा 
 
काठमाडौं : कोरोना महामारीका कारण नेपालको होटल तथा पर्यटन क्षेत्र निकै प्रभावित भएको छ । अघिल्लो वर्ष सरकारले कोरोना रोकथामका लागि गरेको लक डाउनदेखि अहिलेको निषेधाज्ञासम्म आइपुग्दा होटल व्यवसाय क्षेत्र निकै चुनौतिपूर्ण भएको छ । एक वर्षको अवधिमा होटलहरु करिब शून्य व्यवसायको अवस्थामा रहे । यसबाट अब माथि उस्कन परिस्थिति सहज भएपछि पनि पूर्ववत् अवस्थामा फर्किन निकै समय लाग्ने व्यवसायीहरुले बताएका छन् ।

समग्र होटल व्यवसायमा असर गरेसँगै नेप्सेमा सूचीकृत होटलहरुको वित्तीय अवस्था पनि प्रभावित भएको छ । एक वर्षको अवधिमा सूचीकृत ३ वटै होटल नोक्सानमा रहेका छन् भने प्रतिसेयर आम्दानी पनि ऋणात्मक रहेको छ । हेरौं, कुन होटलको अवस्था कस्तो : 
 
सबैभन्दा धेरै चुक्ता पुँजी तारागाउँ रिजेन्सीको
 
चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा सबैभन्दा धेरै चुक्ता पुँजी तारागाउँ रिजेन्सी होटल्सको रहेको छ । यसको चुक्ता पुँजी १ अर्ब ८८ करोड ६६ लाख ५४ हजार रुपैयाँ रहेको छ । एक वर्षको अवधिमा सोल्टी होटलको मात्रै चुक्ता पुँजी बढेको छ । सोल्टीको चुक्ता पुँजी १५% ले बढेर ८४ करोड २५ लाख ७९ हजार रुपैयाँ पुगेको छ । 

 
३ वटै होटलको जगेडा कोष घट्यो
 
चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म अइपुग्दा ३ वटै होटलको जगेडा कोष घटेको छ । सबैभन्दा धेरै जगेडा कोष घट्नेमा तारागाउँ रिजेन्सी होटल्स रहेको छ । यता, सबैभन्दा धेरै जगेडा कोष ओरियन्टल होटल्सको रहेको छ । यसको जगेडा कोषमा ८८ करोड ८५ लाख ७९ हजार रुपैयाँ छ । 

 
३ वटै होटल नोक्सानमा
 
चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा ३ वटै होटल नोक्सान रहेका छन् । गत वर्ष नाफामा रहेका यी ३ वटै होटलले कारोना महामारीका कारण यो वर्ष नोक्सान व्यहोर्नु परेको छ । सबैभन्दा धेरै नोक्सान व्यहोर्नेमा ओरियन्टल होटल्स रहेको छ । 

 
सबै होटलको रेभिन्यू घट्यो
 
एक वर्षको अवधिमा सूचीकृत ३ वटै होटलको रेभिन्यू (व्यवसायबाट आम्दानी) घटेको छ । सबैभन्दा धेरै रेभिन्यू घट्नेमा तारागाउँ रिजेन्सी होटल्स रहेको छ । यसको रेभिन्यू ९६.०२% ले घटेर २ करोड ३८ लाख २० हजार रुपैयाँमा सीमित भएको छ । सबैभन्दा धेरै रेभिन्यू सोल्टी होटलले ३० करोड ८७ लाख ४७ हजार रुपैयाँ कमाएको छ । 

 
३ वटै कम्पनीको प्रतिसेयर आम्दानी ऋणात्मक
 
चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा ३ वटै कम्पनीको प्रतिसेयर आम्दानी ऋणात्मक रहेको छ । सबैभन्दा धेरै प्रतिसेयर आम्दानी प्रतिसेयर आम्दानी ऋणात्मक हुनेमा ओरियन्टल होटल्स रहेको छ । यसको प्रतिसेयर आम्दानी १८ रुपैयाँ ७२ पैसा ऋणात्मक रहेको छ । अघिल्लो वर्ष यसैअवधिमा सबै होटलको प्रतिसेयर आम्दानी धनात्मक थियो । 

 
३ वटै होटलको प्रतिसेयर नेटवर्थ घट्यो
 
चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म अइपुग्दा ३ वटै होटलको प्रतिसेयर नेटवर्थ घटेको छ । यसअवधिमा सबैभन्दा धेरै प्रतिसेयर नेटवर्थ घट्नेमा ओरियन्टल होटल्स रहेको छ । यसको प्रतिसेयर नेटवर्थ २१ रुपैयाँ २८ पैसाले घटेर १७८ रुपैयाँ ७७ पैसा पुगेको छ । तथापि, होटल समूहमा यो नै सबैभन्दा धेरै प्रतिसेयर नेटवर्थ भएको कम्पनी पनि हो । 



 
 

Post Your Comment