Market Closed

सिक्लेस हाइड्रोपावरको आइपीओमा आवेदन दिने म्याद लम्बियो

05 Aug,2022
  • ipos_news_8_5_2020_7_38_07_1_28_2022_9_40_00_3_22_2022_10_10_41_3_31_2022_5_15_23_8_5_2022_8_36_25.jpg
नेपाली पैसा

काठमाडौं : सिक्लेस हाइड्रोपावरले आइपीओमा आवेदन दिन म्याद लम्बिएको छ । यसले पहिलो चरणको निर्धारित समयमा बिक्री नभएपछि समय लम्बाएर भदौ ५ गतेसम्म पुर्याएको हो । कम्पनीले साउन ६ गतेबाट आयोजना प्रभावित स्थानीय बासिन्दाहरुलाई जारी पुँजीको १०% अर्थात ८ करोड ५० लाख रुपैयाँ बराबरको ८ लाख ५० हजार कित्ता सेयर निष्कासन खुला गरेको हो । यसले आयोजना प्रभावित क्षेत्र अर्थात् कास्की जिल्लाको मादी गाउँपालिका वडा नं. १, २ र ३ का स्थानीय बासिन्दाहरुका लागि सेयर खुला गरेको हो । 
 
यसमा बिक्री प्रबन्धकको काम बीओके क्यापिटल मार्केटले गरेको छ । रेटिङ एजेन्सी कियर नेपालले सिक्लेसको आइपीओलाई ‘कियर एनपी रेटिङ डबल बी प्लस’ प्रदान गरेको छ । जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा जोखिम रहेको जनाउँछ । स्थानीयले प्रतिकित्ता १०० रुपैयाँको दरले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सक्नेछन् । 
 
स्थानीय बासिन्दाले यसमा माछापुच्छ्रे बैंकको मादी शाखा कार्यालय, बैंक अफ काठमान्डू, मुक्तिनाथ विकास बैंक र एनआईसी एसिया बैंकको पोखरा शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । साथै, लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट सी–आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।
 

Post Your Comment