Market Closed

लाभांश पारित गर्न सिद्धार्थ इन्सुरेन्सको आज बस्दैछ एजीएम

11 Jun,2021
  • siddhartha-insurance-compa_8_5_2018_10_30_44.jpg
नेपाली पैसा 
 
काठमाडौं : सिद्धार्थ इन्सुरेन्सले आज शुक्रबार जेठ २८ गते वार्षिक साधारण सभा बोलाएको छ । सभामा १५.७९% लाभांश वितरण गर्ने मुख्य एजेन्डा पेश हुनेछ । कम्पनीले गत वर्षको नाफाबाट १२% बोनस सेयर र बोनसमा लाग्ने करसहित ३.७९% नगद गरी कुल १५.७९% लाभांश दिने लागेको हो । सिद्धार्थले हाल कायम १ अर्ब रुपैयाँ चुक्ता पुँजीमा उक्त बोनस प्रस्ताव गरेको हो ।

प्रस्तावित बोनस वितरणपछि भने चुक्ता पुँजी १ अर्ब १२ करोड रुपैयाँ पुग्नेछ । यता, गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा नोक्सान तथा नगद प्रवाह सम्बन्धी विवरणहरु पनि छलफल गरी पारित गर्ने एजेन्डा रहेको छ । प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने प्रस्ताव पनि छ ।
 
सभा सिद्धार्थ इन्सुरेन्स भवन, बबरमहल काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ । भिडियो कन्फरेन्सको माध्यमबाट सभा गर्ने कम्पनीले जनाएको छ । साधारण सभा गर्न जेठ १४ गतेदेखि बुक क्लोज गरिएको छ । जेठ १३ गतेसम्म कायम रहेका सेयरधनीले सभामा भाग लिन र प्रस्तावित लाभांश पाउनेछन् ।

Post Your Comment