Market Closed

साना किसान लघुवित्तको खुद नाफा १७.४५% ले बढेर ७० करोड पुग्यो

11 Aug,2022
  • Sana-kisan-bikas-bank-Ltd__5_11_2018_10_45_16.jpg
नेपाली पैसा
 
काठमाडौं : साना किसान लघुवित्तले गत आर्थिक वर्षको अन्त्यसम्ममा ७० करोड ८३ लाख २९ रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा अघिल्लो वर्षको यसै अवधिमा भन्दा १७.४५% ले बढेको हो । अघिल्लो वर्ष ६० करोड ३१ लाख ११ हजार रुपैयाँ नाफा कमाएको थियो । असार मसान्तसम्म आइपुग्दा कम्पनीको खुद ब्याज आम्दानी १०.६८% र सञ्चालन नाफा १६.३९% ले बढेपछि खुद नाफामा पनि सुधार भएको हो । 
 
साना किसानको चुक्ता पुँजी २५% ले बढेको छ । रिजर्भ कोषमा पनि १५.०१% सुधार हुँदै १ अर्ब ६८ करोड १७ लाख रुपैयाँ जम्मा भएको छ । कम्पनीको खराब कर्जा ०.६८% मा सीमित छ । यता, खुद नाफामा सुधार भएपनि पुँजी वृद्धिको अनुपात बढी हुँदा प्रतिसेयर आम्दानी भने ३ रुपैयाँ ८६ पैसाले घटेर ४५ रुपैयाँ २८ पैसामा आएको छ । प्रतिसेयर नेटवर्थ भने २६६ रुपैयाँ ८ पैसा छ ।

Post Your Comment