Market Closed

समिट लघुवित्तको बोनस सेयर घोषणा

30 Nov,2021
  • bonus_img_8_27_2019_11_28_38.jpg
नेपाली पैसा
 
काठमाडौं : समिट लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको नाफाबाट २५.२८५% बोनस सेयर वितरण गर्ने भएको छ । कम्पनीको सोमबार बसेको सञ्चालक समिति बैठकले उक्त निर्णय गरेको हो । समिट र सजिलो लघुवित्त मर्ज भएर २०७७ असोज ६ गतेदेखि एकीकृत कारोबार भएकाले बोनसमा लाग्ने करको व्यवस्था नगरिएको कम्पनीले जनाएको छ । प्रस्तावित बोनस सेयर नियामक नेपाल राष्ट्र बैंक र समिटको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि वितरण हुनेछ । कम्पनीले हाल कायम ३९ करोड ४३ लाख रुपैयाँ चुक्ता पुँजीमा उक्त बोनस दिन लागेको हो ।



Post Your Comment