Market Closed

राष्ट्र बैंकले किन रोक्यो तिनाउ मिसनको हकप्रद ?

07 Aug,2020
  • rigs_img_8_7_2020_12_10_18.jpg
नेपाली पैसा
 
काठमाडौं : तिनाउ मिसन डेभलपमेन्ट बैंकको हकप्रद सेयर नेपाल राष्ट्र बैंकले रोकेको छ । बैंकको असार २५ गते सम्पन्न साधारण सभाले ३ः१ हकप्रद निष्कासन गर्ने प्रस्ताव पारित गरेपछि राष्ट्र बैंकलाई पत्र पठाएको थियो । तर, राष्ट्र बैंकले भने तिनाउको हकप्रद निष्कासन गर्ने प्रक्रिया अस्वीकृत गरेको छ । पुँजी वृद्धि गर्ने भन्दै बैंकले ३ः१ अनुपातमा हकप्रद निष्कासन गर्ने तयारी गरेको थियो ।

राष्ट्र बैंकले तिनाउको १२% बोनस सेयर भने स्वीकृत गरेको छ । हाल यस बैंकको चुक्ता पुँजी १ अर्ब ६७ करोड ५८ लाख रुपैयाँ रहेको छ । बोनस वितरण पश्चात बैंकको चुक्ता पुँजी १ अर्ब ८१ करोड ३१ लाख २७ हजार रुपैयाँ पुगेको छ । बैंकले यही पुँजीबाट हकप्रद निष्कासन गर्ने प्रकृया अघि बढाएको थियो ।

आवश्यक न्यूनतम पुँजी पुगेकाले हकप्रद रोकिएको हो । पछिल्लो समय केन्द्रीय बैंकले मर्जर तथा एक्विजिसनलाई प्राथमिकतामा राखेको छ । बोनसमार्फत पुँजी वृद्धि गर्न पनि दिइएको छ । यसअघि राष्ट्र बैंकले  शाइन रेसुंगा डेभलपमेन्ट बैंकको पनि हकप्रद निष्कासन प्रकृया पनि अस्वीकृत गरेको थियो । 


 
 
 

Post Your Comment