Market Closed

अपर हेवाखोला हाइड्रोपावरको सेयर कारोबार खुला, कतिमा भयो पहिलो कारोबार ?

11 Aug,2022
  • listing_11_3_2020_2_57_54_1_1_2021_1_09_02_5_2_2021_2_02_44_7_13_2022_12_26_49.jpg
नेपाली पैसा
 
काठमाडौं  : अपर हेवाखोला हाइड्रोपावर कम्पनीको सेयर कारोबार बिहीबारदेखि खुला भएको छ । बुधबार स्पेसल प्रि ओपन सेसनमा अपर हेवाखोलाको पहिलो कारोबार १३० रुपैयाँमा २० पैसामा खुला भएको हो । अब सोही भाउलाई आधार मानेर नियमित कारोबार हुनेछ । नेप्सेले यसको ओपनिङ रेन्ज न्यूनतम १०० रुपैयाँदेखि अधिकतम ३०० रुपैयाँ तोकेको थियो । सोही रेन्जभित्र रहेर पहिलो कारोबार भएको हो । अपर हेवाखोलाको चुक्ता पुँजीका आधारमा कायम ५० लाख कित्ता सेयर बुधबार सूचीकरण भएको हो । ‘युएचईडब्लुए’ संकेतमा यसको कारोबार खुला भएको छ ।

Post Your Comment