Market Closed

श्वेत गंगा र अपर सोलु हाइड्रोको आइपीओ सूचीकृत, ओपनिङ रेन्ज कति–कति ?

17 Aug,2022
  • listing_11_3_2020_2_57_54_1_1_2021_1_09_02_5_2_2021_2_02_44_7_13_2022_12_26_49_8_16_2022_4_43_39_8_17_2022_6_43_35.jpg
नेपाली पैसा

काठमाडौं : श्वेत गंगा हाइड्रोपावर कम्पनीकोे आइपीओ नेप्सेमा सूचीकरण भएको छ । यसको १ करोड ५९ लाख ३० हजार कित्ता सेयर सूचीकरण भएको हो । बुधबार (भदौ १ गते) बाट यसको सेयर कारोबार खुला हुनेछ । नेप्सेले यसको ओपनिङ रेन्ज पनि तोकेको छ । जसअनुसार पहिलो कारोबार न्यूनतम ८९ रुपैयाँ ८८ पैसादेखि अधिकतम २६९ रुपैयाँ ६४ पैसाभित्र रहेर हुनेछ । एसजीएचसी संकेतमा यसको कारोबार खुला हुनेछ ।
 
यस्तै, अपर सोलु हाइड्रोको आइपीओ पनि नेप्सेमा सूचीकरण भएको छ । यसको १ करोड ३५ लाख कित्ता सेयर सूचीकरण भएको हो । बुधबार (भदौ १ गते) बाट यसको सेयर कारोबार खुला हुनेछ । नेप्सेले यसको ओपनिङ रेन्ज पनि तोकेको छ । जसअनुसार पहिलो कारोबार न्यूनतम १०८ रुपैयाँ २१ पैसादेखि अधिकतम ३२४ रुपैयाँ ६३ पैसाभित्र रहेर हुनेछ । युएसएचईसी संकेतमा यसको कारोबार खुला हुनेछ ।
 
 

Post Your Comment