Market Closed

अपर सोलु हाइड्रोको आइपीओमा आवेदन दिने आज अन्तिम दिन

07 Jul,2022
  • iposs_2_15_2022_7_41_27_(1)_2_21_2022_11_36_54_2_22_2022_1_26_50_3_2_2022_1_18_21_4_11_2022_11_54_30.jpg
नेपाली पैसा

काठमाडौं : अपर सोलु हाइड्रोको आइपीओमा आवेदन दिने आज असार २३ गते अन्तिम दिन हो । लगानीकर्ताले बिहीबार कार्यालय समयभित्र यसमा आवेदन दिन सक्नेछन् । यसले असार २० गतेदेखि सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गरिएको छ । सीडीएसका अनुसार मंगलबार (असार २१ गते) साँझ ५ बजेसम्ममा ७ लाख ७५ हजार ९७५ जनाले ९० लाख ३४ हजार ९२० कित्ताका लागि आवेदन दिएका छन् । यो सर्वसाधारको लागि बिक्री खुला गरिएको कित्तालाई आधार मान्दा ४.९६ गुणा बढी आवेदन हो ।
 
कम्पनीले १९ करोड ५७ लाख ५० हजार रुपैयाँ बराबरको आइपीओ जारी गरेको हो । यसअनुसार यसले प्रतिकित्ता १०० अंकित मूल्यका दरले १९ लाख ५७ हजार ५ सय कित्ता साधारण सेयर निष्कासन गरेको छ । यो मध्ये ५% अर्थात् ९७ हजार ८७५ कित्ता सामुहिक लगानी कोष र २% अर्थात् ३९ हजार १५० कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ । बाँकी १८ लाख २० हजार ४७५ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्ताको लागि आवेदन दिन सक्नेछन् । यसमा एनएमबि क्यापिटलले बिक्री प्रबन्धकको काम गरेको छ । लगानीकर्ताले सि–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् । रेटिङ एजेन्सी इक्रा नेपालले अपर सोलु हाइड्राको आइपीओलाई मध्यम जोखिम आधार जनाउने ‘इक्रएनपी आइआर डबल बी प्लस’ रेटिङ दिएको छ ।
 

Post Your Comment