Market Closed

उन्नति सहकार्य लघुवित्तको नाफा प्रभावित हुँदा अरु प्रमुख सूचकहरु कस्ता छन् ?

11 Aug,2022
  • profit_nes_8_11_2022_10_34_26.jpeg
नेपाली पैसा 
 
काठमाडौं : उन्नति सहकार्य लघुवित्तले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वितीय विवरण सार्वजनिक गरेको छ । समीक्ष अवधिसम्म संस्थाले ३ करोड ८८ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा अघिल्लो वर्षको भन्दा ५४.६७% कम हो । अघिल्लो वर्ष यसले ८ करोड ५७ लाख रुपैयाँ नाफा कमाएको थियो । असार मसान्तसम्म आइपुग्दा कम्पनीको खुद ब्याज आम्दानी १४.१७% ले घटेको छ।

साथै, सञ्चालन नाफा पनि ६०.६८% ले घटेको छ । खुद ब्याज आम्दानी र सञ्चालन नाफा दुवै घट्नाले यसको खुद नाफा प्रभावित भएको हो । यो संस्थाले ८१ लाख रुपैयाँ राइट ब्याक गरेको छ। यस लघुवित्तको निक्षेप संकलन र कर्जा लगानी दुवैमा सुधार भएको छ । उन्नतिको चुक्ता पुँजी गत वर्षकै यथावत् रहेको छ । रिजर्भ कोष ४२.५५% ले बढेको छ ।

यसको रिजर्भमा ९ करोड ९ लाख रुपैयाँ जम्मा भएको छ । कम्पनीको खराब कर्जा अनुपात २.३२% बाट बढेर ३.३०% मा पुगेको छ । यसको प्रतिसेयर आम्दानी १६ रुपैयाँ ९७ पैसाले घटेर ५३ रुपैयाँ ९२ पैसामा आएको छ । प्रतिसेयर नेटवर्थ भने १३९ रुपैयाँ ७० पैसा रहेको छ ।

Post Your Comment