Market Closed

विजय लघुवित्तको खुद नाफा १६.२४% ले घट्यो

11 Aug,2022
  • Vijaya-laghubitta-bikas-bank-Ltd_8_5_2018_11_23_14_4_29_2021_11_06_53_8_10_2021_7_23_25_4_28_2022_10_32_01.jpg
नेपाली पैसा
 
काठमाडौं : विजय लघुवित्तको नाफा गत आर्थिक वर्षमा १६.२४ ले घटेर १० करोड ४७ लाख रुपैयाँमा सीमित भएको छ । अघिल्लो आर्थिक वर्षमा भने १२ करोड ५० लाख रुपैयाँ नाफा कमाएको थियो । यसअवधिमा संस्थाको खुद ब्याज आम्दानी १०.३५% र सञ्चालन नाफा १६.२४% ले घटेपछि खुद नाफामा पनि गिरावट आएको हो । 
 
यसको खराब कर्जा ४.०८% रहेका छ । हाल यसको चुक्ता पुँजी ३२ करोड रुपैयाँ छ । रिजर्भ कोषमा भने ८४.३५% सुधार हुँदै २२ करोड ८८ लाख रुपैयाँ जम्मा भएको छ । असार मसान्तसम्म आइपुग्दा प्रतिसेयर आम्दानी ३२ रुपैयाँ ७२ पैसा (वार्षिक) र प्रतिसेयर नेटवर्थ १७० रुपैयाँ १६ पैसा छ ।  

Post Your Comment