नेपाली पैसा
काठमाडौं : विन नेपाल लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०७७/७८ का लागि घोषणा गरेको लाभांश संशोधन गरेको छ । वैशाख २९ गते बसेको सञ्चालक समिति बैठकको निर्णय अनुसार अब सेयरधनीहरुले नेपाल सेवा लघुवित्त गाभिएरपछि कायम भएको ७ करोड २४ लाख ४१ हजार ३०० रुपैयाँ चुक्ता पुँजीमा ९.३३% बोनस सेयर पाउनेछन् ।
यसअघि गत चैत १३ गते भने कम्पनीले २०७८ असार मसान्तसम्म कायम ६ करोड १५ लाख रुपैयाँ चुक्ता पुँजीमा ११% बोनस सेयर दिने घोषणा गरेको थियो । कम्पनीले बोनस सेयरमा लाग्ने कर तिर्न ०.५% नगद लाभांश पनि दिनेछ ।
