Market Closed

विपन्न वर्ग र उत्पादनशील कर्जाको ५० प्रतिशत घटाएर सीसीडी रेसियो गणना, लगानीयोग्य पुँजी सहज हुने

02 Mar,2017
  • Chiranjibi-Nepal_3_2_2017_6_24_50.jpg
नेपाली पैसा 
 
काठमाडौं : नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामा घोषणा गरेका व्यवस्था कार्यान्वयन गर्न बिहीबार निर्देशन जारी गरेको छ । निर्देशन अनुसार बैंक तथा वित्तीय संस्थाले कर्जा–पुँजी–निक्षेप अनुपात (सीसीडी) रेसियो तोकिएको सीमाभित्र राख्न सहज हुने व्यवस्था गरिएको छ । अब २०७४ असार मसान्तसम्म सीसीडी रेसियो गणना गर्दा विपन्न वर्ग र उत्पादनशील क्षेत्रमा प्रवाह भएको कर्जाको ५० प्रतिशत घटाउन पाइनेछ । राष्ट्र बैंकका अनुसार कर्जा तथा सापट अन्तर्गतको रकमलाई २०७४ असार मसान्तसम्मका लागि सीसीडी रेसियो कायम गर्ने प्रयोजनका लागि कर्जा तथा सापटबाट घटाउन सकिने सुविधा दिइएको हो । यस व्यवस्थाबाट हाल सीसीडी रेसियो ८० प्रतिशत वा त्यसभन्दा माथि पुगिसकेका बैंकलाई राहत हुनेछ । थप लगानी गर्नसमेत बाटो खुल्नेछ । 
 
विपन्न वर्गमा प्रत्यक्षरुपमा प्रवाह भएकोे कर्जा, युवालाई व्यावसायिक कर्जा कर्जामा प्रदान गरिने ब्याज अनुदानसम्बन्धी कर्जा, उत्पादनशील क्षेत्रको कर्जा यो शीर्षकमा गणना गर्न पाइनेछ । उत्पादनशीलअन्तर्गत कृषि, उर्जा, पर्यटन, घरेलु तथा साना उद्यमलगायत क्षेत्र पर्नेछ । यसअघि विपन्न वर्गमा २०७४ असार मसान्तसम्ममा २ प्रतिशत पुग्ने गरी कर्जा प्रवाह गर्नुपर्ने प्रावधान रहेकामा अब त्यसलाई बढाएर २०७५ असार मसान्तसम्म पुर्याइएको छ । यो निर्देशनबाट बैंकिङ प्रणालीमा एक खर्ब २० अर्ब रुपैयाँभन्दा बढी लगानीयोग्य रकम आउने राष्ट्र बैंकका अधिकारीको भनाई छ । 

Post Your Comment