Market Closed

प्रभु इन्सुरेन्सको नाफा ९.८०% ले वृद्धि, रिजर्भ पनि आकर्षक

16 Aug,2019
  • prabhu-insurance-company-ltd_6_7_25_2018_10_46_10_8_16_2019_9_34_13.jpg
नेपाली पैसा

काठमाडौं : प्रभु इन्सुरेन्सले गत आर्थिक वर्षको चौथो त्रैमासमा २६ करोड ६२ लाख १३ रुपैयाँ नाफा कमाएको छ । नाफा अघिल्लो वर्ष भन्दा ९.८०% ले बढेको हो । इन्सुरेन्सले अघिल्लो आवको सोही अवधिमा २४ करोड २२ लाख ७८ हजार रुपैयाँ नाफा कमाएको थियो । 
 
कम्पनीले खुद बिमा शुल्क पनि ९.११% ले बढेर ५० करोड ३५ लाख पुर्याएको छ । अघिल्लो वर्ष प्रभुले ४६ करोड १४ लाख रुपैयाँ खुद बिमा शुल्कबाट आर्जन गरेको थियो । 
 
प्रभुले चुक्ता पुँजी पनि ४६% ले बढोत्तरी गर्न सफल भएको छ । अघिल्लो वर्ष ६८ करोड ८४ लाख रुपैयाँ चुक्ता पुँजी रहेको प्रभुको यो त्रैमाससम्म आइपुग्दा बढाएर १ अर्ब ५ लाख पुर्याएको छ । कम्पनीले रिजर्भ कोष पनि १०१.७५% ले बढाएको छ । 
 
प्रभुको प्रतिसेयर आम्दानी भने ६ रुपैयाँले घटेर २६ रुपैयाँमा सिमित भएको छ । यसको प्रतिसेयर नेटवर्थ भने १८६ रुपैयाँ रहेको छ । 

Post Your Comment