Market Closed

एटीएमबाट झिक्ने रकमको सीमा बढ्यो, अब १ लाखसम्म पाइने

03 Jan,2020
  • atm_im_g_1_3_2020_10_22_04.jpg
नेपाली पैसा
 
काठमाडौं : नेपाल राष्ट्र बैंकले एटीएमबाट १ लाख रुपैयाँसम्म झिक्न पाउने व्यवस्थालाई पुनः कार्यान्वयनमा ल्याएको छ । राष्ट्र बैंकले बिहीबार एकीकृत निर्देशका जारी गर्दै पहिले कै निर्णयमा फर्किएको हो । यसअघि चिनियाँ ह्याकरले पैसा लुटेपछि राष्ट्र बैंकले १ दिनमा १ लाख रुपैयाँ झिक्न पाउने सीमालाई ६० हजारमा झारेको थियो ।

एकपटक पैसा निकाल्दा २० हजार रुपैयाँ मात्र झिक्न पाइन्थ्यो । साथै, एटीएमबाट पैसा चोरी हुने क्रम बढेपछि केन्द्रीय बैंकले प्रत्येक एटीएम बुथमा सुरक्षागार्ड राख्नुपर्ने ब्यवस्था गरिएको थियो । तर, एककृत निर्देशिका जारी गर्दै त्यसलाई पनि सच्याएको छ । 
 

Post Your Comment