Market Closed

कोरोना संक्रमित चीनमा भन्दा पनि धेरै पुग्यो अमेरिकामा

27 Mar,2020
  • corona_3_27_2020_11_23_35.jpg
नेपाली पैसा
 
काठमाडौं : चीन र युरोपपछि कोरोना भाइरसको इपिसेन्टर बनेको अमेरिकामा विश्वकै सबैभन्दा बढी संक्रमित फेला परेका छन् । हालसम्म अमेरिकाभर ८३ हजार ५०० मानिसमा कोरोनाको लक्षण भेटिएको छ । ५ लाख ५२ हजार जना व्यक्तिमा परीक्षण गरिएको थियो । यो संख्या कोरोनाको उद्गमस्थल चीनको भन्दा १ हजार ७ सय १८ ले बढी हो । तर, ज्यान गुमाउनेको संख्या भने अमेरिकामा चीनको भन्दा कम छ ।

यहाँ हालसम्म करिब १२ सय जना मानिसको कोरोनाका कारण ज्यान गएकोे छ । चीनको हुबेई प्रान्तको वुहान सहरमा गत डिसेम्बरको अन्तिम साताबाट देखापरेको कोरोनाबाट हालसम्म विश्वमा २४ हजार मानिसको ज्यान गइसकेको छ । १९७ देशका ५ लाख ३१ हजार जना मानिस संक्रमित छन् ।
 

Post Your Comment