Market Closed

अन्तर्राष्ट्रिय हवाई उडानमा लगाइएको प्रतिबन्ध लम्बिने

29 Mar,2020
  • tia_3_29_2020_5_11_27.jpg
नेपाली पैसा
 
काठमाडौं : सरकारले अन्तर्राष्ट्रिय हवाई उडानमा लगाइएको प्रतिबन्ध अझै २ साता थप्ने भएको छ । आइतबार दिउँसो उपप्रधानमन्त्री ईश्वर पोखरेलको नेतृत्वमा रहेको कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले आगामी वैशाख ३ गते सम्मका उडानमा प्रतिबन्ध लगाउन मन्त्रिपरिषद्लाई सुझाव दिने निष्कर्ष निकालेको हो ।
 
यसअघि सरकारले चैत ९ देखि १८ गतेसम्मका लागि भनेर अन्तर्राष्ट्रिय उडानमा रोक लगाएको थियो । कोरोना नियन्त्रण प्रभावकारी बनाउन अन्तर्राष्ट्रिय उडानमा लगाइएको प्रतिबन्ध थप्नुपर्ने निष्कर्ष निकालेको हो । यसको औपचारिक निर्णय पनि मन्त्रिपरिषद् बैठकले नै गर्नेछ । 

Post Your Comment