Market Closed

नेप्से अघि बढ्ने प्रयास गर्दै

08 Apr,2021
  • bull_bear_3_4_8_2021_3_12_26.jpg
नेपाली पैसा 
 
काठमाडौं : सेयर बजार सामान्य हिसाबले अघि बढेको छ । नेप्से सूचकमा झिनो अंकको सुधार हुँदा कारोबार भोलुम औसतमा देखिएको छ । भोलुम अघिल्लो दिनको तुलनामा केही कम भए पनि औसतमा नराम्रो भने छैन । यस दिन फाइनान्स र माइक्रोफाइनान्स समूहमा चमक आएको छ । मसान्तको चापमा पनि बजारले सकारात्मक नै हुन बल गरेको छ । जुन सकारात्मक पक्ष हो ।

यतिबेला नेप्से थोरै सुस्त भए पनि नयाँ वर्षसँगै बजारले तेजी लिने धेरैको अपेक्षा छ । नेप्से सूचक २.७४ अंकले वृद्धि भएर २६७४.३५ विन्दुमा आइपुगेको छ । ६ अर्ब ५५ करोड भन्दा बढीको कारोबार भएको छ । अल टाइम हाइ रेकर्ड बनाएको बजारले अर्को रफ्तार लिनका लागि केही समय लाग्नु स्वभाविक भएको लगानीकर्ताहरुको भनाई छ ।

वैशाखपछि बजारमा विशेष चहलपहल आउने केही आधारहरु विश्लेषकहरुले दिइरहेका छन् । जसमा सूचीकृत कम्पनीहरुको वित्तीय विवरण आउनेछ । धेरैले औसतमा नाफा कमाउने अनुमान गरिएको छ । यसले बजारमा सकारात्मक प्रभाव पार्न सहयोग पुग्नेछ । यस्तै, वित्तीय प्रणालीमा तरलता सहज हुने अनि ब्याजदर पनि तल्लो विन्दुमै रहँदा सकराात्मक प्रभाव पर्ने विश्लेषणहरु भइरहेका छन् । 

 
६ कम्पनीको भाउ सर्किट लाग्ने गरी वृद्धि भएको छ । कारोबार रकममा ३६ करोड रुपैयाँभन्दा बढीसहित अपर तामाकोशी अग्रस्थानमा रहेको छ । दोस्रोमा निफ्रा र तेस्रोमा नेपाल बैंक परेका छन् । २०७ कम्पनीको १ करोड ३३ लाख ७६ हजार कित्ता सेयर कारोबार भएको छ । 
 

 
 
 

Post Your Comment