Market Closed

भारतीय सेयर बजारमा उत्साह : सेन्सेक्स र निफ्टी फेरि अलटाइम हाई

11 Jun,2021
  • 1_6_1_2021_4_06_48.jpg
नेपाली पैसा
 
काठमाडौं : भारतको सेयर बजारमा नयाँ उत्साह थपिएको छ । पछिल्लो समय कोरोना महामारीको चपटामा परेको भारतमा सेयर बजारले भने आशावादी बनाएको छ । भारतका प्रमुख सेयर बजार ‘बीएसइ सेन्सेक्स’ र ‘निफ्टी ५०’ ले शुक्रबार नयाँ अलटाइम हाई विन्दु छुन सफल भएका छन् । शुक्रबार इन्ट्राडे कारोबारमा बीएसइ सेन्सेक्स हालसम्मकै उच्च ५२,६४१.५३ विन्दुमा पुगेको थियो ।
 
यद्दपि, नयाँ अल टाइम हाई विन्दु छोएपछि सेन्सेक्मा करेक्सन आयो र शुक्रबार ५२,४७४.७६ विन्दुमा बन्द भएको छ । यसअघि गत फेब्रुअरीमा सेन्सेक्स ५२,५१६.७६ को रेकर्ड विन्दुमा पुगेको थियो । यस्तै, भारतको अर्को सेयर बजार सूचक ‘निफ्टी ५०’ ले पनि नयाँ रेकर्ड बनाएको छ ।

निफ्टी सूचक शुक्रबार ०.३९% ले बढेर १५,७९९.३५ को रेकर्ड विन्दुमा बन्द भएको छ । यो हालसम्मकै उच्च क्लोजिङ विन्दु हो । त्यसो त, शुक्रबार इन्ट्राडे कारोबारमा निफ्टीले पनि १५,८३५.५५ को अल टाइम हाई विन्दु छोएको थियो । भारतमा कोरोना संक्रमणदर कम हुनुका साथै खोप अभियानमा सहभागी हुनेको संख्या दैनिक लाखौंमा पुगेपछि सेयर बजारमा सकारात्मक माहोल देखिएको हो ।

यस्तै, विभिन्न प्रक्षेपणहरुले पनि भारतको अर्थतन्त्रमा यस वर्ष र आगामी वर्ष पनि उच्च सुधार हुने देखाएका छन् । जसले सेयर बजारप्रति भारतीय  लगानीकर्तालाई थप आशावादी बनाएको छ । 

Post Your Comment