Market Closed

अर्थमन्त्रीले संसदमा दम्भ देखाए, बजेट निर्माणमा अनधिकृत व्यक्ति पनि छिराए : केपी ओली

04 Jul,2022
  • 7sf7a9do_kp-sharma-oli-650_625x300_29_January_21_7_4_2022_2_56_18.jpg
नेपाली पैसा

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बजेट निर्माणमा अनधिकृत व्यक्ति छिरेको विषयमा छानबिन गर्नुपर्ने माग गरेका छन् । सोमबार प्रतिनिधिसभामा समय लिएर बोल्दै उनले ‘यसमा एउटा संसदीय कमिटी बनाएर छानबिन गर्नुपर्छ, त्यसको प्रतिवेदन सम्मानित संसदमा आउनुपर्ने बताए । यस्तै, ओलीले बजेट केही घरानाको लागि ल्याइएको आरोप पनि लगाएका छन् । यो त दुई चार घरानाको बजेट भयो, यसमा घरानाको अनुहार देखिन्छ’ उनले भने, यसरी अनुहार हेरेर निश्चित घरानालाई फाइदा हुने गरी अरुलाई फाइदा नहुने गरी बजेट किन बनाइयो ?
 
ओलीले अर्थमन्त्री जनार्दन शर्माले संसदमा दम्भ देखाएर गैरजिम्मेवार बनेको आरोप पनि लगाएका छन् । उनले यस्ता गम्भीर विषयमा अनधीकृत मान्छे राखेर काम गरेको विषयमा प्रश्न गर्दा अर्थमन्त्रीले दम्भ देखाएको बताए । बजेट निर्माणमा करको दर परिवर्तन अमुक व्यक्तिहरूबाट गराएको भन्दै त्यसका विषयमा छानबिन माग गर्दा अर्थमन्त्रीले को हो एमाले भनेर प्रश्न गरेको बताए ।
 
 
 
 

Post Your Comment