Market Closed

सशक्त निजी क्षेत्र र दक्ष युवा जनशक्तिले बंगलादेशको अर्थतन्त्र सन् २०४० सम्म १० खर्ब डलर पुर्याउने

25 Nov,2022
  • 1003455_GDP_11_25_2022_1_51_50.jpg
नेपाली पैसा
 
काठमाडौं : बंगलादेशको कुल गार्हस्थ उत्पादन (जीडीपी) को आकार सन् २०४० सम्ममा १० खर्ब डलर पुग्ने एक अध्ययनले देखाएको छ । अमेरिकी रिसर्च कम्पनी ‘बोस्टन कन्सल्टिङ ग्रुप’ का अनुसार बंगलादेशको अर्थतन्त्रको विकासमा त्यहाँको निजी क्षेत्रको मुख्य हिस्सा रहने छ । निजी क्षेत्रका कम्पनीहरुको विश्वस्तरीय व्यवसाय बन्ने अभियान, उत्कृष्ट मानव संसाधन र बहुराष्ट्रिय कम्पनीहरुसँग प्रतिस्पर्धा गर्नसक्ने क्षमताका कारण बंगलादेशी अर्बतन्त्रले १० खर्ब डलरको कोसेढुंगा पार गर्ने बोस्टनको रिपोर्टमा उल्लेख छ ।
 
यद्दपि, बंगलादेशले प्रत्येक वर्ष ५% आर्थिक वृद्धिदर भने हासिल गर्नुपर्नेछ । बंगलादेशको ठूलो उपभोक्ता बजारले आर्थिक वृद्धिलाई मद्दत गर्ने देखिएको छ । बोस्टन कन्सल्टिङले वार्षिक ३० करोड डलरदेखि ३ अर्ब डलरसम्म आम्दानी गर्ने ठूला कम्पनीहरुसँग गहन अन्तर्वार्ता गरी उक्त रिपोर्ट तयार पारेको हो ।

अधिकांश कम्पनीहरु बंगलादेशको आगामी पुस्ताको भविष्य उज्वल रहनेमा विश्वस्त देखिएका छन् । निजी क्षेत्रलाई बंगलादेशको युवा जनशक्तिको ठूलो मद्दत मिल्ने रिपोर्टमा उल्लेख छ । जनसंख्याको ठूलो हिस्सा काम गर्ने उमेरको रहेको छन् । बंगलादेशको काम गर्ने उमेरको जनसंख्या ६८.४% र उनीहरुको औसत उमेर २८ वर्ष मात्र रहेको छ ।

Post Your Comment