Market Closed

विश्वकप फुटबलमा आज स्विट्जल्यान्डसँग ब्राजिल तथा उरुग्वेसँग पोर्चुगल भिड्दै

28 Nov,2022
  • download_11_20_2022_8_03_04_11_25_2022_2_32_17_11_27_2022_11_49_45_11_28_2022_12_47_14.jpg
नेपाली पैसा

काठमाडौं : कतारमा जारी फिफा विश्वकप फुटबलमा आज चार खेल हुँदैछन् । आज हुने पहिलो खेलमा समूह ‘जी’ मा रहेको क्यामरुन र सर्विया आमनेसामने हुँदैछन् । उक्त खेल नेपाली समयअनुसार दिउँसो ३ः४५ बजे सुरु हुनेछ । त्यस्तै, आज हुने दोस्रो खेलमा समूह ‘एच’ का दक्षिण कोरिया र घानाबीच भीडन्त हुनेछ । उक्त खेल नेपाली समयअनुसार साँझ ६ः४५ बजे सुरु हुनेछ । विश्वकपअन्तर्गत आजै हुने तेस्रो खेलमा ब्राजिल र स्विटजरल्यान्ड आमनेसामने हुनेछन् ।
 
समूह ‘जी’ का ब्राजिल र स्विटजरल्यान्ड बीचको खेल नेपाली समयअनुसार राति ९ः४५ बजे सुरु हुनेछ । त्यस्तै, आजै हुने अन्तिम खेलमा समूह ‘एच’ को पोर्चुगल र उरुग्वेबीच भीडन्त हुनेछ । उक्त खेल नेपाली समयानुसार राति १२ः४५ बजे सुरु हुनेछ । 
 

Post Your Comment