नेपाली पैसा
काठमाडौं : चालु आर्थिक वर्षको माघ महिनासम्म वाणिज्य बैंकहरुले ४१ अर्ब २ करोड रुपैयाँ खुद नाफा कमाएका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार सञ्चालनमा रहेका २२ वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको ७ महिनामा उक्त नाफा कमाएका हुन् । माघ एक महिनामा मात्रै बैंकहरुले ७ अर्ब २७ करोड रुपैयाँ नाफा कमाएका छन् । गत आर्थिक वर्षको माघसम्ममा बैंकहरुको खुद नाफा ४० अर्ब २४ करोड रुपैयाँ रहेको थियो । गत वर्षको तुलनामा बैंकहरुको खुद नाफा १ अर्ब २२ करोड रुपैयाँले मात्रै बढेको छ ।
माघ महिनासम्म सबैभन्दा धेरै नाफा कमाउनेमा नबिल बैंक रहेको छ । यसअवधिमा नबिलले ४ अर्ब १३ करोड २६ लाख रुपैयाँ नाफा कमाएको छ । एनआइसी एसिया बैंकको नाफा ३ अर्ब ६७ करोड रुपैयाँ छ । त्यस्तै, ग्लोबल आइएमई बैंक र राष्ट्रिय वाणिज्य बैंकको नाफा पनि ३ अर्ब रुपैयाँभन्दा धेरै छ ।
हेरौं कुन बैंकले कति नाफा कमाए ?