सेयर धितो राखेर ऋण लिनेको पछिल्लो तथ्यांक सार्वजनिक भएको छ । एक वर्षमा सेयर धितो राखेर ऋण लिनेहरुको संख्या ह्वातै बढेको पाइएको छ । नेपाल राष्ट्र बैंकको पछिल्लो ८ महिनाको तथ्यांक अनुसार बैंक तथा वित्तीय संस्थाले ८१ अर्ब ४१ करोड ७१ लाख रुपैयाँ बराबरको सेयर धितो कर्जा प्रवाह गरेका छन् । अघिल्लो वर्षको फागुन मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाहरुले ४६ अर्ब ३९ करोड ३५ लाख रुपैयाँ बराबरको मात्रै सेयर धितो कर्जा प्रवाह गरेका थिए । अहिले सेयर बजार वृद्धि भइरहेको छ । लगानीकर्ताहरु सेयर कर्जा लिन पनि यसरी नै उत्साहित हुँदै गएको पाइएको छ ।
नेपालमा पूर्वाधार, उत्पादनशील लगायतका क्षेत्रमा लगानी गर्ने गरी १० अर्ब रुपैयाँको पुँजी भएको एनआरएन नेपाल डेभलमेन्ट फन्डको स्थापना भएको छ । अर्थ मन्त्रालय र गैरआवासीय नेपाली संघद्वारा आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार एनआरएन नेपाल डेभलमेन्ट फन्डमा गैरआवासीय नेपालीको ९ अर्ब ५० करोड रुपैयाँ र नेपाल सरकारको ५० करोड रुपैयाँ सेयर लगानी हुनेछ । २०७५ सालमा सम्पन्न लगानी सम्मेलनमा नेपाल सरकार र गैरआवासीय नेपाली संघबीच भएको समझदारी बमोजिम संघले स्थापना गर्ने यस फन्डमा नेपाल सरकारको ५ प्रतिशत लगानी हुने भएको छ ।
पछिल्लो समय सूचीकृत कम्पनीहरुमा हकप्रद सेयर निष्कासन गर्ने क्रममा कमी आएको छ । केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई हकप्रद सेयर निष्कासनमा केही कडाईं गरेसँगै यसमा कमी भएको हो । केन्द्रीय बैंकले हकप्रद सेयर जारी गर्न खोज्ने धेरै बैंक तथा वित्तीय संस्थालाई अनुमति दिएको छैन । वित्तीय संस्थाहरुलाई मर्जर–एक्विजिसनमा प्रोत्साहन गर्न केन्द्रीय बैंकले सकेसम्म हकप्रद सेयरको लागि अनुमति नदिएको हो । अहिले धितोपत्र बोर्डमा आवेदन दिने कम्पनीहरुको सूची हेर्दा हकप्रद जारी गर्नेक्रममा निकै कमी आएको अनुमान गर्न सकिन्छ । अहिले नेपाल धितोपत्र बोर्डमा ३ कम्पनीहरुले मात्रै हकप्रद सेयर निष्कासनका लागि अनुमति मागेका छन् । यो विगत वर्षहरुको तुलनामा तुलना गर्दा ज्यादै न्यून हो ।
महालक्ष्मी विकास बैंकको वित्तीय अवस्था कस्तो छ ?
फर्स्ट माइक्रोफाइनान्सलाई आधारभूत र प्राविधिक कोणबाट हेर्दा कस्तो देखि...
हर्सद मेहतालाई पराजित गरेका राधाकिशन दमानीबाट लगानीकर्ताले के सिक्ने ?
अनगिन्ती रेकर्डहरु सहित सेयर बजार नयाँ वर्षमा : अब थप खुशीको बहार
बैंकहरुले सार्वजनिक गरे नयाँ ब्याजदर : अब कुनमा कति ?
In your view do you think that the NEPSE index will reach 3000 points?
2021-04-9
2021-03-15
2021-03-5
2021-03-4
2021-03-3
Venue:NIBL Ace Capital Limited, Lazimpat, Kathmandu
Organizer:NMFBS
Venue:Hotel New Era, Butwal-09, Kalikapath, Rupandehi (11:00 AM)
Organizer:JSLBB
Venue:Muktinath Capital Limited, Kamaladi, Kathmandu
Organizer:AHPC
Filter Stocks according to your requirement
Calculate net price of purchase/Sales when you buy/sell stocks
Calculate your expected profit before applying for your IPO
Calculate your loan limit based on shares you want to pledge at bank
© Copyright 2015-2020. All rights reserved by Nepali Paisa Media Pvt Ltd.
By using this site you agree to the Terms of Service.
Powered by:
Facebook
Twitter
Play Store
App Store
Youtube
Instagram
Viber