Market Closed

बल्ल नाफामा उक्लिएको आँखुखोलाको रिजर्भ कोष ऋणात्मक, प्रतिसेयर आम्दानी कति ?

10 Feb,2019
  • report_2_10_2019_4_35_30.jpg
नेपाली पैसा 
 
काठमाडौं : आँखुखोला जलविद्युत कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा २० लाख ९ हजार १८३ रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्ष सोही अवधिमा कम्पनी ९५ लाख १७ हजार ७४ रुपैयाँ घाटामा रहेको थियो । आँखुखोलाको विद्युत बिक्रीबाट हुने आम्दानीमा सामान्य गिरावट आएको छ ।

गत वर्ष बिजुली बेचेर १३ करोड ७० हजार ७१ रुपैयाँ आम्दानी गरेको यो कम्पनीले यसपटक भने १२ करोड ३० लाख ३२ हजार २६६ रुपैयाँ मात्र कमाएको छ ।  हाल आँखुखोलाको सेयर पुँजी ८० करोड रुपैयाँ रहेको छ । कम्पनीको रिजर्भ कोष भने २७ करोड ७ लाख ३६ हजार ८३७ रुपैयाँले ऋणात्मक रहेको छ ।
 
आँखुखोलाको प्रतिसेयर आम्दानी २५ पैसा (वार्षिक) र प्रतिसेयर नेटवर्थ ७६ रुपैयाँ ७८ पैसा छ । कम्पनीले असोज २३ देखि २६ गतेसम्म सर्वसाधारणलाई १३ लाख ७६ हजार २० कित्ता आइपीओ बिक्री गरेको थियो । त्यस्तै, आयोजना प्रभावित बासिन्दाका लागि ८ लाख कित्ता आइपीओ बिक्री गरिएको थियो । 
 

Post Your Comment