Market Closed

कृषिको हकप्रद भर्ने आज अन्तिम म्याद, बैंकिङ समयभित्र फारम बुझाइसक्नुपर्ने

22 Nov,2016
  • agriculture_11_22_2016_10_17_32.jpg
नेपाली पैसा 
 
काठमाडौं : कृषि विकास बैंकको हकप्रद सेयर भर्ने आज अन्तिम दिन हो । 
 
बैंकले चुक्ता पुँजी बढाउन ५० प्रतिशत हकप्रद सेयर निष्कासन खुला गरेको हो । यो सेयर भर्न चाहने लगानीकर्ताले मंगलबार बंकिङ समयभित्र आवेदन दिइसक्नुपर्नेछ । 
 
बैंकले असोज ९ गतेसम्म कायम सयरीधनीलाई सेयर भर्न दिएको हो । कृषिले एक सय रूपैयाँ अंकित मूल्यको एक करोड ९६ लाख ८८ हजार कित्ता हकप्रद सेयर बिक्री खुला गरेको हो । 
 
हाल बैंकको चुक्ता पुँजी तीन अर्ब ९३ करोड ७६ हजार रूपैयाँ छ । यसैको ५० प्रतिशत हकप्रद बजारमा आएको हो । 
 
कृषिको हकप्रदमा बिक्री प्रबन्धकको काम एस क्यापिटल लिमिटेडले गरेको छ । बिक्री प्रबन्धकले बैंकिङ समयभित्र आवेदन दिइसक्न लगानीकर्तासँग आग्रह गरेको छ । 

Post Your Comment