Market Closed

कृषिको खुद नाफा १३.५६% वृद्धि हुँदा सञ्चालन नाफामा किन आयो भारी ह्रास

27 Apr,2018
  • Agriculture-Development-_1__4_27_2018_2_01_22.jpg
नेपाली पैसा
 
काठमाडौं : कृषि विकास बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा १ अर्ब ७८ करोड ८३ लाख ८७ हजार रुपैयाँ खुद नाफा कमाएको छ । गत आर्थिक वर्षको तुलनामा १३.५६% ले खुद नाफा वृद्धि भएको हो । कृषिले गत वर्ष १ अर्ब ५७ करोड ४८ लाख ४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । यस अवधिमा बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफा दुवै घटे पनि राइट ब्याकका कारण खुद नाफा उकास्न मद्दत पुगेको देखिन्छ । 
 
गत वर्ष ५ अर्ब १५ करोड १५ लाख ९० हजार रुपैयाँ रहेको खुद ब्याज आम्दानी अहिले ४ अर्ब ३० करोड ७४ लाख ६९ हजार रुपैयाँमा झरेको छ । यसैगरी, सञ्चालन नाफा १ अर्ब ८१ करोड ५६ लाख ५९ हजारबाट घटेर ६४ करोड ७३ लाख ५४ हजार रुपैयाँमा सीमित भएको छ । सञ्चालन नाफा ६४.३५% ले घटेको हो ।

बैंकले तेस्रो त्रैमाससम्म १ अर्ब ८० करोड ५४ लाख ९१ हजार रुपैयाँ राइट ब्याक गरेको छ । कृषिले १ अर्ब ८८ करोड रुपैयाँ सम्भावित जोखिमका लागि छुट्याएको छ । कृषिको निक्षेप संकलन ९७ अर्ब १० करोड ५६ लाख १२ हजार रुपैयाँ र कर्जा लगानी ९४ अर्ब ८९ करोड ७१ लाख १९ हजार रुपैयाँ पुगेको छ ।

सीसीडी रेसियो ७९.१३% छ । यसको खराब कर्जा ३.४९% र कस्ट अफ फन्ड ७.१५% छ । बैंकको सर्वसाधारण सेयर पुँजी ८ अर्ब ५० करोड ५२ लाख १६ हजार रुपैयाँ छ । गत वर्ष साधारण सेयर पुँजी ७ अर्ब ८ करोड ७६ लाख ८० हजार रुपैयाँ थियो ।

जगेडा कोषमा ९ अर्ब ६४ करोड ५३ लाख ७६ हजार रुपैयाँ छ । बैंकको प्रतिसेयर आम्दानी २४ रुपैयाँ २० पैसा र प्रतिसेयर नेटवर्थ २१० रुपैयाँ ५३ पैसा छ ।

कृषि विकास बैंकको तेस्रो त्रैमासलाई यसरी गर्नुहोस् अध्ययन
 

Post Your Comment