Market Closed

कृषि विकास बैंकको ६% बोनस सेयरमा मूल्य समायोजन

03 Mar,2019
  • Agriculture-Development-_1__4_27_2018_2_01_22.jpg
नेपाली पैसा
 
काठमाडौं : कृषि विकास बैंकको ६% बोनस सेयरमा मूल्य समायोजन भएको छ । मूल्य समायोजनपछि आइतबार कृषिको सेयर कारोबार प्रतिकित्ता ३१४ रुपैयाँ १५ पैसालाई आधार मानेर खुलेको छ । यसको औसत आधार मूल्य भने ३७३ रुपैयाँ ५८ पैसा छ ।
 
कृषिले चैत १५ गते बस्ने वार्षिक साधारण सभामा सर्वसाधारण सेयरधनीलाई ६% बोनस सेयर र १५.०५३% नगद लाभांश दिने प्रस्ताव पेश गर्दैछ । सभा प्रयोजनका लागि बैंकले आइतबारदेखि बुक क्लोज गरेको हो । नेपाल सरकारको अग्राधिकार सेयरमा पनि ६% नगद लाभांश दिने प्रस्ताव सभामा पेश हुनेछ ।
 
साधारण सभाबाट लाभांश प्रस्ताव पारित भएपछि वितरण प्रक्रिया सुरु हुनेछ । बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा १ अर्ब ३६ करोड ४२ लाख ९४ हजार रुपैयाँ खुद नाफा कमाएको छ । हाल यसको चुक्ता पुँजी १३ अर्ब ९३ करोड ७९ लाख २८ हजार रुपैयाँ छ । कृषिको प्रतिसेयर आम्दानी २८ रुपैयाँ २५ पैसा छ ।

Post Your Comment