Market Closed

कृषि विकास बैंकको शुक्रबार एजीएम बस्ने, लगानीकर्ताले कति पाउँदैछन् लाभांश ?

26 Mar,2019
  • Agriculture-Development-_1__4_27_2018_2_01_22.jpg
नेपाली पैसा 

काठमाडौं : कृषि विकास बैंकले शुक्रबार (चैत १५ गते) साधारण सभा डाकेको छ । बैंक सभामा २१.०५३% लाभांश वितरण गर्ने प्रस्ताव लैजाँदैछ । फागुन १५ गतेसम्म कायम सेयरधनीले यो लाभांश पाउनेछन् । कृषिले साधारण सभा गर्न फागुन १६ देखि चैत १५ गतेसम्म बुक क्लोज गरेको छ। 
 
साधारण सभा बैंकको केन्द्रीय तालिम प्रतिष्ठान बोडे भक्तपुरमा बस्नेछ । बैंकले सर्वसाधारण सेयरधनीलाई ६% बोनस सेयर र १५.०५३% नगद गरी कुल २१.०५३% लाभांश दिन लागेको हो। यसैगरी, नेपाल सरकारको अग्राधिकार सेयरमा भने ६% नगद लाभांश दिने प्रस्ताव पेश हुनेछ ।
 
साधारण सभाबाट लाभांश प्रस्ताव पारित भएपछि वितरण प्रक्रिया सुरु हुनेछ । बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा १ अर्ब ३६ करोड ४२ लाख ९४ हजार रुपैयाँ खुद नाफा कमाएको छ । हाल यसको चुक्ता पुँजी १३ अर्ब ९३ करोड ७९ लाख २८ हजार रुपैयाँ छ । कृषिको प्रतिसेयर आम्दानी २८ रुपैयाँ २५ पैसा छ ।

कृषि विकास बैंकको साधारण सभाको एजेन्डा यहाँबाट हेर्नुहोस् । 

 

Post Your Comment