Market Closed

कृषि विकास बैंकको साधारण सभा आज, लगानीकर्तालाई २१.०५३% लाभांश

29 Mar,2019
  • Agriculture-Development-_1__4_27_2018_2_01_22.jpg
नेपाली पैसा 
 
काठमाडौं : कृषि विकास बैंकले आज (चैत १५ गते) २१.०५३% लाभांश प्रस्ताव पारित गर्दैछ । बैंकले केन्द्रीय तालिम प्रतिष्ठान बोडे भक्तपुरमा शुक्रबार बिहान ११ बजे सुरु हुने वार्षिक साधारण सभामा उक्त लाभांश प्रस्तव पेश गर्न लागेको हो । बैंक सभामा फागुन १५ गतेसम्म कायम सेयरधनीले यो लाभांश पाउनेछन् । बैंकले सर्वसाधारण सेयरधनीलाई ६% बोनस सेयर र १५.०५३% नगद गरी कुल २१.०५३% लाभांश दिन लागेको हो। 
 
कृषिले साधारण सभा गर्न फागुन १६ देखि चैत १५ गतेसम्म बुक क्लोज गरेको छ। फागुन १५ गतेसम्म कायम रहेका सेयरधनीले मात्र प्रस्तावित लाभांश पाउनेछन् । बैंकले, नेपाल सरकारको अग्राधिकार सेयरमा पनि ६% नगद लाभांश दिने प्रस्ताव पेश गर्दैछ । साधारण सभाबाट लाभांश प्रस्ताव पारित भएपछि वितरण प्रक्रिया सुरु हुनेछ । 
 
बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा १ अर्ब ३६ करोड ४२ लाख ९४ हजार रुपैयाँ खुद नाफा कमाएको छ । हाल यसको चुक्ता पुँजी १३ अर्ब ९३ करोड ७९ लाख २८ हजार रुपैयाँ छ । कृषिको प्रतिसेयर आम्दानी २८ रुपैयाँ २५ पैसा छ ।

कृषि विकास बैंकको साधारण सभाको एजेन्डा यहाँबाट हेर्नुहोस् । 

Post Your Comment