Market Closed

कृषि विकास बैंकबाट ४० लाख ठगी गर्ने परे प्रहरीको फन्दामा, यसरी गरेका थिए किर्ते

24 Apr,2019
  • asha_4_24_2019_12_32_07.jpg
नेपाली पैसा
 
काठमाडौं : कृषि विकास बैंकबाट ४० लाख ठगी गर्ने दुई व्यक्ति प्रक्राउ परेका छन् । पक्राउ पर्नेमा झरना ह्युमन रिसोर्स प्रालिका संचालक शंकर धिताल र अनिल अधिकारी रहेका छन् । उनीहरुले किर्ते गरी बैंकबाट उक्त रकम ठगी गरेको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) ले जनाएको छ ।

फिडियस ट्राभल्स एन्ड टुर्सको नाममा अन्तरिक राजस्व कार्यालय लाजिम्पाटले जारी गरेको कर चुक्ता प्रमाणपत्रलाई किर्ते गरी उनीहरुले उक्त रकम ठगी गरेका हुन् । 
 
उनीहरुले उक्त प्रमाणपत्रलाई किर्ते गरी झरना ह्युमन रिसोर्सको नाममा जारी भएको बनाई कृषि विकास बैंक स्वयम्भु शाखाबाट ऋण लिएका थिए । ठगीमा संलग्न दुवै जनालाई जिल्ला अदालत काठमाडौंको आदेश बमोजिम पुर्पक्षका लागि जेल चलान गरिएको सीआइबीले जनाएको छ ।   

Post Your Comment