कृषिको खुद नाफा २३.०९% बढ्यो, वितरण योग्य नाफा १ अर्ब ३२ करोड

09 May,2019
  • Agriculture-Development-_1__4_27_2018_2_01_22.jpg
नेपाली पैसा
 
काठमाडौं : कृषि विकास बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा २ अर्ब २१ करोड २१ लाख २७ हजार रुपैयाँ खुद नाफा कमाएको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिमा १ अर्ब ७९ करोड ७१ लाख ९८ हजार रुपैयाँ रहेको खुद नाफालाई अहिले २३.०९% ले वृद्धि गरेको हो ।
 
कृषिले गत वर्ष १ अर्ब ७९ करोड ७१ लाख ९८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । तेस्रो त्रैमासमा यस बैंकको वितरण योग्य नाफा भने १ अर्ब ३२ करोड ९७ लाख २९ हजार रुपैयाँ छ । खुद ब्याज आम्दानी २०.०८% ले वृद्धि गरी ५ अर्ब ३० करोड १९ लाख ९४ हजार रुपैयाँ पुर्याएको छ । 
 
कृषि विकास बैंकले आफ्ना ग्राहकबाट १ खर्ब १२ अर्ब ८४ करोड ८७ लाख ७० हजार रुपैयाँ निक्षेप लिएर १ खर्ब ९ अर्ब ८८ करोड ३९ लाख १० हजार रुपैयाँ कर्जा लगानी गरेको छ । यस्तै, अन्य बैंक तथा वित्तीय संस्थालाई ४९ करोड ५० लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ ।
 
यता, खराब कर्जा ४.२२% र कस्ट अफ फन्ड ७.३६% रहेको छ । यस बैंकको बेस रेट ११.१६% रहेको छ । कृषिको सेयर पुँजी १४ अर्ब ४४ करोड ८२ लाख ४० हजार रुपैयाँ रहेको छ । जगेडा कोषमा ९ अर्ब ८६ करोड ९२ लाख ४७ हजार रुपैयाँ जम्मा भएको छ । रिटेन्ड् अर्निङ २ अर्ब ६९ करोड ४२ लाख ३१ हजार रुपैयाँ रहेको छ । बैंकको प्रतिसेयर आम्दानी बढेर २९ रुपैयाँ १० पैसा पुगेको छ । गत वर्ष यो २२ रुपैयाँ ९६ पैसा मात्र थियो ।

कृषिको वित्तीय विवरण यहाँबाट हेर्नुहोस् ।

Post Your Comment