Market Closed

कृषि विकास बैंकको चौथो त्रैमासमा प्रगतिः खुद नाफा १९.१५% बढ्यो, इपीएस ४४.६७ रुपैयाँ

06 Aug,2019
  • Agriculture-Development-_1__4_27_2018_2_01_22.jpg
नेपाली पैसा
 
काठमाडौं : कृषि विकास बैंकको गत आर्थिक वर्ष २०७५/७६ को चौथो त्रैमाससम्म आइपुग्दा नाफासँगै अधिकाशं सूचकमा सुधार आएको छ । यस अवधिमा बैंकको नाफा १९.१५% ले बढेर ४ अर्ब ३५ करोड ३२ लाख ४७ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसै अवधिमा बैंकले ३ अर्ब ६५ करोड ३५ लाख १९ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
 
यता, यस अवधिमा बैंकको चुक्ता पुँजी ३.६६% ले बढेर १४ अर्ब ४४ करोड ८२ लाख ४० हजार रुपैयाँ पुगेको छ । बैंकको चुक्ता पुँजीमा भन्दा खुद नाफा बढी भएकाले त्यसको सकारात्मक असर बैंकको प्रतिसेयर आम्दानीमा परेको छ । यस अवधिमा प्रतिसेयर आम्दानी ७ रुपैयाँ ४९ पैसाले बढेर ४४ रुपैयाँ ६७ पैसा पुगेको छ ।

कृषि विकास बैंकको रिपोर्ट यहाँबाट हेर्नुहोस् । 

रकम हजारमा


 

Post Your Comment