Market Closed

कृषि विकास बैंकको नाफा १०.१३% ले बढ्दा वितरण योग्य नाफा कति ?

13 Nov,2019
  • Agriculture-Development-_1__4_27_2018_2_01_22.jpg
नेपाली पैसा

काठमाडौं : कृषि विकास बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आइपुग्दा ६० करोड ७३ लाख ४३ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्षको यसैअवधिमा भन्दा १०.१३% ले बढी हो । गत वर्ष यसैअवधिमा बैंकले ५५ करोड १४ लाख ६१ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।यस अवधिमा बैंकको वितरण योग्य नाफा २६ करोड १७ लाख रुपैयाँ रहेको छ ।

असोज मसान्तसम्म आइपुग्दा खुद ब्याज आम्दानी ८.३३% ले घटेको छ भने सञ्चालन नाफा ११.१७% ले बढेको छ । बैंकको निक्षेप संकलन र कर्जा लगानी क्रमशः २०.३८% र ७.५७% ले बढेको छ । चुक्ता पुँजी १४ अर्ब ४४ करोड ८२ लाख ४० हजार रुपैयाँ रहेको छ । तर, यो पुँजीमा नेपाल सरकारको अग्राधिकार सेयर समेत सामेल छ । पुँजी गत वर्षको भन्दा ३.७०% ले बढी हो ।

कृषि विकासको प्रतिसेयर आम्दानी २ रुपैयाँ ४८ पैसाले बढेर २३ रुपैयाँ ३३ पैसा पुगेको छ । यसको प्रतिसेयर नेटवर्थ २६३ रुपैयाँ ६५ पैसा रहेको छ ।

 

Post Your Comment