Market Closed

अरुण काबेली र अरुण भ्यालीको सेयर रजिष्ट्रार अब भिबोर क्यापिटल, नयाँ बर्षबाट काम थाल्ने

09 Apr,2018
  • vibor_4_9_2018_4_46_43.jpg
नेपाली पैसा 
 
काठमाडौं : अरुण काबेली पावरअरुण भ्याली हाइड्रोपावरले भिबोर क्यापिटललाई सेयर रजिष्ट्रारमा नियुक्त गरेका छन् । दुबै कम्पनीले सोमबार छुट्टाछुट्टै सूचना प्रकाशित गरी सेयर रजिष्ट्रारमा भिबोर क्यापिटललाई नियुक्त गरेको जनाएका हुन् ।

नयाँ वर्ष (२०७५ बैशाख १ गते) देखि भिबोर क्यापिटलले दुबै कम्पनीको सेयर रजिष्ट्रारको रुपमा काम सुरु गर्नेछ । भिबोरले अब अरुण काबेली र अरुण भ्यालीको सेयर सम्बन्धी अभिलेख राख्ने, दाखिला खारेज, नामसारी र सेयरवालाहरुको लागत अद्यावधिक राख्ने काम गर्नेछ । 
 
 
 

Post Your Comment