Market Closed

अरुण भ्यालीले पनि गर्न सकेन प्रगति, खुद नाफा ४०.६३% ले घट्दा प्रतिसेयर आम्दानी २ रुपैयाँ ४८ पैसामा सीमित

07 Nov,2017
  • Arun-Valley-Hydropower-Development-Co.-Ltd_11_7_2017_3_56_20.jpg
नेपाली पैसा
 
काठमाडौं : अरुण भ्याली हाइड्रोपावर कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ५१ लाख ४ हजार ३०० रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्षको यही अवधिमा ८५ लाख ९७ हजार ३५४ रुपैयाँ रहेको खुद नाफा यसपालि ४०.६३% ले थोरै हो । हाइड्रोले विजुली बिक्रीबाट १ करोड १० लाख ४५ हजार रुपैयाँ आम्दानी गरेको छ । विजुली बिक्रीको आम्दानी पनि गत वर्षको तुलनामा घटेको हो । गत वर्षको पहिलो त्रैमासमा कम्पनीले १ करोड १२ लाख ३७ हजार ५३८ रुपैयाँ आम्दानी गरेको थियो । अरुणको सेयर पुँजी भने गत वर्षको तुलनामा १०.०७% ले धेरै भएर ८४ करोड ८१ लाख ९३ हजार रुपैयाँ पुगेको छ । कम्पनीको रिजर्भ कोषमा ९ करोड ८५ लाख ६३ हजार ८१३ रुपैयाँ जम्मा भएको छ । यसको प्रतिसेयर आम्दानी २ रुपैयाँ ४८ पैसा र प्रतिसेयर नेटवर्थ १११ रुपैयाँ ६२ पैसा छ ।
 

Post Your Comment