Market Closed

अरुण भ्याली हाइड्रोपावरको भयो यस्तो प्रगति

13 Aug,2019
  • Arun-Valley-Hydropower-Development-Co.-Ltd_2_20_2018_11_35_31.jpg
नेपाली पैसा 
 
काठमाडौं : अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले आर्थिक वर्ष २०७५–७६ को अन्त्यसम्ममा आकर्षक प्रगति गरेको प्रतिवेदन सार्वजनिक गरेको छ । कम्पनीले खुद नाफा अघिल्लो वर्षको तुलनामा १४९.४२% ले वृद्धि गर्दै ५ करोड ३२ लाख ८७ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्ष यसले २ करोड १३ लाख ६४ मात्र खुद नाफा कमाएको थियो । 
 
यता, सरकारलाई तिर्नुपर्ने रोयल्टी भने ४९६.२७% वृद्धि भएको छ । वित्तीय विवरणमा भ्यालीले ८१ लाख ११ हजार रुपैयाँ रोयल्टी बुझाएको उल्लेख गरेको छ । जबकि अघिल्लो वर्ष यसै अवधिमा जम्मा १३ लाख ६० हजार रुपैयाँमात्र रोयल्टी तिरेको थियो । हाइड्रोपावर कम्पनी १५ वर्ष पुगेपछि सरकारलाई तिर्नुपर्ने कर तथा रोयल्टी बढ्न जान्छ । १५ वर्षसम्म भने सरकारले विभिन्न छुटहरु दिएको हुन्छ । 
 
कम्पनीले प्रशासनिक खर्च घटाउन सकेको देखिन्छ । अघिल्लो वर्ष २ करोड ३७ लाख ३९ हजार रुपैयाँ प्रशासनिक खर्च भएकामा अहिले ८८.७७ % ले कम गर्दै जम्मा २६ लाख ६४ हजार मात्रै भएको थियो । खुद नाफा बढाउन यसले सहयोग पुर्याएको देखिन्छ । 
 
बिजुली बेचेर कम्पनीले ५ करोड ४७ लाख ७३ हजार कमाएको छ । अन्य श्रोतबाट हुने आम्दानी पनि १२२.५२% ले वृद्धि गर्दै ४ करोड २२ लाख ५९ हजार रुपैयाँ कमाएको हो । अरुणले रिजर्भ कोष पनि २१६.९७% ले बढाएर ७ करोड ७८ लाख ४८ हजार रुपैयाँ पुर्याएको छ ।

चुक्ता पुँजीको आधारमा यो रिजर्भ कोष कम्जोर मान्न सकिन्छ । यसको चुक्ता पुँजी ९३ करोड ३० लाख १२ हजार रुपैयाँ रहेको छ । भ्यालीको प्रतिसेयर आम्दानी ५ रुपैयाँ ७४ पैसा (वार्षिक) र प्रतिसेयर नेटवर्थ १०८ रुपैयाँ ३४ पैसा छ ।

अरुण भ्याली हाइड्रोपावरको हेर्नुहोस् वित्तीय विवरण

 

Post Your Comment