Market Closed

आँधिखोलाको आइपीओमा माग भन्दा १४.५५ गुणा बढी पर्यो आवेदन

11 Jul,2019
  • ipo_news_7_3_2019_5_25_02.jpg
नेपाली पैसा
 
काठमाडौं : आँधिखोला लघुवित्त वित्तीय संस्थाको आइपीओमा कुल ५४ करोड ५७ लाख ३४ हजार रुपैयाँ बराबरको आवेदन परेको अन्तिम तथ्यांक प्राप्त भएको छ । बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटलका अनुसार कुल ३ लाख ८ हजार ४१४ जनाले ५४ लाख ५७ हजार ३४० कित्ताका लागि आवेदन दिएका छन् । यस आधारमा अन्तिम तथ्यांक हेर्दा माग भन्दा १४.५५ गुणा बढी आवेदन परेको देखिन्छ ।
 
कम्पनीले असार २२ गतेदेखि सर्वसाधारणका लागि ३ लाख ७५ हजार कित्ता सेयर बिक्री खुला गरेको हो । कुल ४ लाख कित्तामध्ये ५ हजार कित्ता कर्मचारी र २० हजार कित्ता म्युचुअल फन्डलाई सुरक्षित गरी बाँकी सेयर सर्वसाधारणमा जारी गरेको हो । 
 
आँधिखोलाले आइपीओ बिक्री गरी चुक्ता पुँजी १० करोड रुपैयाँ पुर्याउने छ । आइपीओबाट आएको रकममध्ये २ करोड रुपैयाँ पशुपालन तथा कृषि कर्जा, १ करोड रुपैयाँ खुद्रा व्यापार तथा सेवा कर्जा र १ करोड रुपैयाँ साना तथा घरेलु कर्जामा उपयोग गरिने योजना बनाएको छ ।
 
चालु आर्थिक वर्षको अन्त्यसम्म १ करोड ३० लाख रुपैयाँ खुद नाफा कमाउने कम्पनीले जनाएको छ । यस्तै, आव २०७६।७७ मा खुद नाफा ३ करोड १५ लाख रुपैयाँ र आव २०७७।७८ मा ३ करोड ९९ लाख रुपैयाँ पुर्याउने प्रक्षेपण गरेको छ ।

Post Your Comment