Market Closed

अरुण काबेलीको आइपीओ नपरेको पैसा आइतबारदेखि फिर्ता, आवेदन दिएकै ठाउँमा पाइन्छ पैसा

22 Dec,2016
  • arun_kabeli_12_22_2016_1_35_18.jpg
नेपाली पैसा 
 
काठमाडौं : अरुण काबेलीले आइपीओ नपरेको पैसा आइतबारदेखि फिर्ता दिने भएको छ ।
 
कम्पनीले सेयर बाँडफाँटपत्र र सेयर नपरेको पैसा पुस १० गतेदेखि फिर्ता गर्ने जानकारी दिएको हो । 
 
लगानीकर्ताले सेयर आवेदन दिएकै केन्द्रमा गएर बाँडफाँटपत्र र पैसा फिर्ता लिन सक्नेछन् । पैसा फिर्ता लिन जाँदा दरखास्त फारमको अर्धकट्टी र नागरिकताको प्रमाणपत्रको फोटोकपी लैजानुपर्नेछ । 
 
आफैं जान नसक्नेले मन्जुरीनामा दिएर पठाउनुपर्नेछ । मन्जुरीनामा लिएर जानेको नागरिकताको फोटोकपी आवश्यक हुनेछ । 
 
 कम्पनीले ३० करोड रुपैंयाको ३० लाख कित्ता आइपीओ सर्वसाधरणमा बिक्री खुला गरेको थियो । ३५ हजार रुपैयाँसम्मको आवेदन दिनेलाई चिठा ९गोलाप्रथा प्रणालीबाट सेयर बाँडिएको हो ।

 यो समूहमा सेयर पर्ने प्रत्येकले १३ कित्ता पाएका छन् । त्यसपछि ५० हजार रूपैयाँसम्म लगानी गर्ने सबैले २।६७ प्रतिशतका दरले सेयर पाएका छन् ।  त्यसभन्दा माथिको आवेदन गर्नेले १।९७ प्रतिशत सेयर हात पारेका छन् । 
 
अरुण काबेलीले कात्तिक ९ देखि १२ गतेसम्म सेयर निष्काशन गरेको थियो । यो सेयरमा एक लाख ६६ हजार एक सय १२ जनाले १२ अर्ब ६३ करोड रुपैंया बराबरको आवेदन दिएका थिए । यो मागको आधारमा करिब ४२ गुणा बढी आवेदन हो । 
 
कम्पनीले पाँचथर र ताप्लेजुङको सिमानामा पर्ने कोबली नदीमा २५ मेगावाट क्षमताको काबेली बी १ जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।

Post Your Comment