अरुण काबेलीमा सेयर नपरेको पैसा आजदेखि फिर्ता हुँदै , आवेदन दिएकै ठाँउबाट हुन्छ फिर्ता

26 Dec,2016
  • arun_kabeli_12_25_2016_3_39_57.jpg
नेपाली पैसा 
 
काठमाडौं :  अरुण काबेलीले आइपीओ नपरेको पैसा सोमबारदेखि फिर्ता दिने भएको छ । यसअघि आइतबारदेखि फिर्ता दिइने भनिए पनि आइतबार सार्वजनिक विदा परेकाले आजदेखि फिर्ता दिन लागिएको हो ।
 
लगानीकर्ताले सेयर आवेदन दिएकै केन्द्रमा गएर बाँडफाँडपत्र र पैसा फिर्ता गर्न सक्नेछन् । पैसा फिर्ता लिन जाँदा दरखास्त फारमको अर्धकट्टी र नागरिकताको फोटोकपी लैजानुपर्नेछ । 
आवेदक आफै जान नसकी अरुलाई पठाउनु परेमा मन्जुरीनामा लेख्नुपर्नेछ । मन्जुरीनामा लिएर जानेको नागरिकताको फोटोकपी पनि चाहिनेछ । अरुण काबेलीले ३० करोड रुपैयाँको ३० लाख कित्ता आइपीओ सर्वसाधारणमा बिक्री खुला गरेको थियो । 
 
यो सेयरमा ३५ हजार रुपैयाँसम्म आवेदन दिनेलाई गोलाप्रथा प्रणालीबाट  सेयर बाँडिएको थियो । गोलाप्रथामा सेयर पाउनेको हातमा १३ कित्ता परेको छ । त्यसपछि  ५० हजार रुपैयाँसम्म लगानी गर्ने सबैले २.६७ प्रतिशतका दरले सेयर पाएका छन् । त्यसभन्दा माथिको आवेदन गर्नेले १.९७ प्रतिशत सेयर हात पारेका छन् । 

अरुण काबेलीले कात्तिक ९ देखि १२ गतेसम्म सेयर निष्कासन खुला गरेको थियो । यो सेयरमा एक लाख ६६ हजार एक सय १२ जनाले १२ अर्ब ६३ करोड रुपैयाँ बराबरको आवेदन दिएका थिए । यो मागको आधारमा करिब ४२ गुणा बढी आवेदन हो । कम्पनीले पाँचथर र ताप्लेजुङको सिमानामा पर्ने कोबली नदीमा २५ मेगावट क्षमताको काबेली बी जलबिद्युत आयोजना निर्माण गरिरहेको छ । 
 

Post Your Comment